भोटेकोशीको महाविपत्ति : १,२५२ जनाको शव भेटियो, अझै ४,२१६ बेपत्ता

0Shares

भोटेकोशीको महाविपत्ति : १,२५२ जनाको शव भेटियो, अझै ४,२१६ बेपत्ता

 १८ भाद्र २०८३, बिहीबार १२:४१

भक्तपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी तथा पहिरोमा परी बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३५५ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये ९५ जनाको सनाखत भई परिवारजनले बुझेका छन्। विपद्मा परी हालसम्म ५ हजार १३५ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्। यस्तै, हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *