बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
2026-08-28
कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन
विराटनगर, १२ भदौ २०८३ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक बाढीका कारण कोशी प्रदेशका १३८ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका प्रदेशका कुल १५३ जनामध्ये हालसम्म १५ जना मात्र सम्पर्कमा आएका छन्।
सबैभन्दा धेरै सोलुखुम्बुका नागरिक सम्पर्कविहीन छन्। सोलुखुम्बुका ४१ जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने ३९ जना अझै सम्पर्कविहीन छन्।
त्यस्तै, ओखलढुङ्गाका २१ मध्ये २० जना, उदयपुरका १८ मध्ये १५ जना, सुनसरीका १७ मध्ये १५ जना र मोरङका १६ जना अझै सम्पर्कविहीन रहेका छन्। झापाका १२ मध्ये १०, इलामका ९ मध्ये ७, खोटाङका ८, ताप्लेजुङका ५ मध्ये २, सङ्खुवासभाका ३, धनकुटाका २ र भोजपुरका १ जना पनि सम्पर्कमा आउन बाँकी छन्।
पछिल्लो विवरणअनुसार झापाका २, इलामका १ र ताप्लेजुङका ३ जना सम्पर्कमा आएका छन्।
सम्पर्कविहीन रहेका नागरिकहरूको अवस्था पत्ता लगाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।




