बाढीको वितण्डापछि प्रधानमन्त्रीको अपिलः राहत र उद्धार अभियानमा सहयोग गर्न आग्रह
2026-08-26भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९७ पुग्यो
2026-08-26
बाढीको वितण्डापछि प्रधानमन्त्रीको अपिलः राहत र उद्धार अभियानमा सहयोग गर्न आग्रह
बाढीको वितण्डापछि प्रधानमन्त्रीको अपिलः राहत र उद्धार अभियानमा सहयोग गर्न आग्रह
१० भाद्र २०८३, बुधबार १९:५८
भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत अभियानमा सहयोग गर्न अपिल गरेका छन्।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि सहयोग गर्न आग्रह गर्दै प्रभावित नागरिकको उद्धार, उपचार, खानपान तथा बसोबासको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले जनाएका छन्।
यस्तै, बाढीका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनले बताएका छन्।
सबै संयन्त्र परिचालन गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन कुराकानी गर्दै रसुवा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्।
राष्ट्रपति पौडेलले पीडित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राज्यका सबै अंग परिचालन गर्न आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
कुराकानीका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै नागरिकको उद्धार, राहत तथा सहयोगका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताए।
सरकारले प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको राष्ट्रपति सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।
थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी




