सिन्धुपाल्चोकका पाँचसहित २५ घाइतेको काठमाडौंमा उपचार हुँदै ।।।
2026-08-26बाढी पीडितको सहायतामा जुट्न सम्पूर्ण नर्सलाई नर्सिङ संघको आह्वान ।।।
2026-08-26
सिन्धुपाल्चोकका पाँचसहित २५ घाइतेको काठमाडौंमा उपचार हुँदै ।।।
सिन्धुपाल्चोकका पाँचसहित २५ घाइतेको काठमाडौंमा उपचार हुँदै
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६२ जनामध्ये २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाँकी घाइतेको नुवाकोट र रसुवाका अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
काठमाडौंमा उपचाररत घाइतेमध्ये शिक्षण अस्पतालमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जनाको उपचार भइरहेको छ।
शिक्षण अस्पतालमा उपचाररत
शिक्षण अस्पतालमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नामथर खुल्न नसकेका अर्का एक पुरुष तथा सल्यानका गिरीलाल बुढाथोकी उपचाररत छन्।
त्यसैगरी सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, बाह्रबिसे नगरपालिका–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगर तथा रसुवा गोसाइँकुण्ड–७ टिमुरेका कामु नगरकोटीको पनि उपचार भइरहेको छ।
नगरकोटीसँग उनका तीन महिनाका नाबालक शिशुसमेत रहेको जनाइएको छ।
यस्तै टिमुरे, गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले र नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ की सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा चार जना
राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने गरी चार जनाको उपचार भइरहेको छ।
सैनिक अस्पतालमा एक जना
त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डकी दावा डोल्माको उपचार भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएको छ। बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।
थाङ्मी चाँगु डट कम




