बाढी पीडितको सहायतामा जुट्न सम्पूर्ण नर्सलाई नर्सिङ संघको आह्वान ।।।

0Shares

बाढी पीडितको सहायतामा जुट्न सम्पूर्ण नर्सलाई नर्सिङ संघको आह्वान

थाङ्मीचागु डटकम | १० भदौ २०८३

काठमाडौं । तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल नर्सिङ संघले दुःख व्यक्त गरेको छ।

संघले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको तत्काल उद्धार तथा शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै, बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन र घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन गर्न पनि संघले सरकारसँग आग्रह गरेको छ।

विपद्को यस कठिन घडीमा संघका जिल्ला, शाखा तथा इकाई समिति र एपी–नर्सलगायत सम्पूर्ण नर्सहरूलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न नेपाल नर्सिङ संघले आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *