रसुवा बाढीमा मृतकको संख्या १६ पुग्यो, ३५ जनाको उद्धार ।।।

0Shares

रसुवा बाढीमा मृतकको संख्या १६ पुग्यो, ३५ जनाको उद्धार

थाङ्मीचागु डटकम | १० भदौ २०८३, बुधबार

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा खोज तथा उद्धारका क्रममा १६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश प्रहरीका अनुसार मृतकमध्ये ८ जना पुरुष, ७ जना महिला र एक जनाको पहिचान खुल्न सकेको छैन। रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको जनाइएको छ।

बाढीपछि घाइते अवस्थामा ३५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका १३, नुवाकोटका १९ र धादिङका ३ जना रहेका छन्।

त्यस्तै, तीन महिनाको बच्चासहित १४ जना घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ। थप तीन जना घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। नदीको बहाव अझै तीव्र रहेकाले नदी तटीय क्षेत्रमा समेत खोजी तथा उद्धारलाई प्राथमिकता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *