मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
बङ्गलादेशमा एकै परिवारका चार सदस्य घरभित्र मृत फेला ।।।
भदौ ९, रङ्गपुर । बङ्गलादेशको रङ्गपुरमा एकै परिवारका चार सदस्य आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार घर बाहिरबाट ताला लगाइएको अवस्थामा फेला परेको थियो। प्रहरीले ताला तोडेर घरभित्र प्रवेश गर्दा चारै जनाको शव फेला पारेको जनाएको छ ।
घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । चारै जनाको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाले स्थानीय क्षेत्रमा त्राससँगै शोकको वातावरण सिर्जना गरेको छ। घटनाको विस्तृत कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।






