नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।

0Shares

नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित

थाङ्मीचागु डटकम | भदौ ७, २०८३

काठमाडौं । नेपाल राष्ट्रिय जातीय संग्रहालयको साधारणसभा–२०८३ तथा अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ।

शनिबार सम्पन्न अधिवेशनबाट कुमार ब्लोन तामाङ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो।

निर्वाचनबाट रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष, इन्दिरा जिमी महासचिव, ई. सानु बाबु प्रजापति सचिव, रुपबहादुर योञ्जन कोषाध्यक्ष र भीमप्रसाद योङहाङ सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

त्यस्तै, सदस्यमा गोविन्दराम चेपाङ, बिलाम मोक्तान, राधाकृष्ण बस्नेत, डा. पशुपति न्यौपाने, प्रा.डा. धनबहादुर कुँवर, कृष्णाकुमारी सुब्बा, उर्केन दोर्जे लामा, हरिचन छन्त्याल र टंकप्रसाद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन परिणाममा उल्लेख छ।

नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संग्रहालयको नयाँ नेतृत्वमा विभिन्न जातजातिको प्रतिनिधित्व समेटिएको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा नेपालका विभिन्न समुदायका भाषा, संस्कृति, कला, परम्परा, भेषभूषा, जीवनशैली तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, अभिलेखीकरण र पुस्तान्तरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनको निर्वाचन मण्डलमा वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर संयोजक तथा अधिवक्ता दिलकुमारी राई र अधिवक्ता नारायणप्रसाद आचार्य सदस्य रहनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *