१५ वर्षदेखि अधुरै कमला पुल जोखिम मोलेर नदी तर्न बाध्य यात्रु

0Shares

थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

विनोद अविरल भदौ ८ । सिरहा र धनुषा जिल्लाको सीमास्थित कमला नदीमा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माण अलपत्र परेपछि स्थानीय तथा यात्रुहरू वर्षौँदेखि जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्।

पुल नबनेपछि अहिले सर्वसाधारण डुंगाको सहारामा कमला नदी पार गर्दै आएका छन्। नदी वारपार गरेबापत एक पटकमा करिब १ सय रुपैयाँसम्म तिर्नुपर्ने स्थानीयको भनाइ छ।

विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा डुंगाबाट नदी पार गर्नु थप जोखिमपूर्ण हुने गरेको स्थानीय बताउँछन्। पुल निर्माण सम्पन्न हुने आशामा वर्षौँ बितिसक्दा पनि समस्या समाधान नभएपछि स्थानीयले सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन्।

स्थानीयले अधुरो पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाई तत्काल सम्पन्न गर्न र वर्षौँदेखि भोग्दै आएको आवतजावतको समस्या अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *