मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

काठमाडौं । मन्त्री प्रतिभा रावलले सरकारका सबै मन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसार राम्रो काम गरिरहेको बताएकी छन्।
मन्त्री रावलले केही कामको परिणाम तत्काल देखिने भए पनि कतिपय काम सम्पन्न गर्न समय लाग्ने भन्दै जनतालाई धैर्य गर्न आग्रह गरिन्।
उनले भनिन्, “सबै मन्त्रीहरूले राम्रो काम गर्नुभएको छ। कति काम देखिन्छन्, कति काम गर्न समय लाग्ने हुन्छ। ढुक्क हुनुहोस्, बाचापत्रअनुसार काम हुन्छ।
सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न प्राथमिकताका साथ काम गरिरहेको बताउँदै मन्त्री रावलले परिणाम देखिने गरी काम अघि बढिरहेको दाबी गरिन्।





