मलेसियामा भदौ २१ गते सुदूरपश्चिमको मौलिकता झल्किने गौरा पर्व विशेष कार्यक्रम हुँदै ।।।

0Shares

मलेसियामा भदौ २१ गते सुदूरपश्चिमको मौलिकता झल्किने गौरा पर्व विशेष कार्यक्रम हुँदै

६ भदौ २०८३, शनिबार | क्वालालम्पुर, मलेसिया

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी भदौ २१ गते (६ सेप्टेम्बर २०२६) क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।

सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा माननीय दीपक बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। साथै, नेपाल राजदूतावास, मलेसियाको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय कलाकार जे. आर. भट्टसहित मलेसियामा रहेका स्थानीय तथा प्रतिभाशाली नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा थप मजबुत बनाउँदै सुदूरपश्चिमको मौलिक संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष **दिनेश खड्का ‘खप्तडी’**ले जानकारी दिनुभयो।

गौरा पर्वको सांस्कृतिक महत्वलाई प्रवासी भूमिमा समेत निरन्तरता दिने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन समाजले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *