इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
चरिकोटबाट विद्युतीय यातायात सेवा सञ्चालनको तयारी
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

दोलखा, चरिकोट । चरिकोटबाट विभिन्न स्थानमा यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले रोल्वालिङ यातायातद्वारा तयारी गरिएको विद्युतीय गाडीको शुभारम्भ समारोह सम्पन्न भएको छ।
वातावरणमैत्री यातायात सेवाको विस्तारसँगै यात्रुहरूलाई सहज, सुरक्षित र सुविधाजनक यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
चरिकोटबाट विभिन्न गन्तव्यमा विद्युतीय यातायात सेवा सञ्चालनमा आउने भएपछि स्थानीय सेवाग्राही तथा यात्रुहरूमा उत्साह बढेको छ।
विद्युतीय यातायात सेवाको शुभारम्भसँगै यसबाट प्रत्यक्ष लाभ लिने सेवाग्राही तथा लाभग्राही सबैमा बधाई तथा शुभकामना व्यक्त गरिएको छ।





