दोलखामा ऐतिहासिक लाखे जात्रा सुरु

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

दोलखा । प्राचीन नगरी दोलखामा ऐतिहासिक तथा सांस्कृतिक पर्व ‘लाखे जात्रा’ हिजोदेखि सुरु भएको छ। दोलखाको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको लाखे जात्रा विभिन्न टोल–टोलबाट लाखे निकालेर मनाउने गरिन्छ।

जात्राका क्रममा लाखे नाचसँगै परम्परागत बाजागाजा र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू हुने गरेका छन्। लाखे नाच तथा बाजागाजाले प्राचीन नगरी द्वाल्खाको वातावरणलाई थप उल्लासमय र सांस्कृतिक रूपमा जीवन्त बनाएको छ।

पुस्तौँदेखि निरन्तर चलिआएको लाखे जात्रा दोलखाको मौलिक कला, संस्कृति र परम्परा संरक्षणको महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ। स्थानीयवासीले जात्रामार्फत आफ्नो सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै आएका छन्।

दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको लाखे जात्रा स्थानीयका लागि मात्र नभई यहाँको कला, संस्कृति र परम्पराको अध्ययन तथा अवलोकन गर्न चाहनेहरूका लागि समेत आकर्षणको केन्द्र बन्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *