धनगढीमाईका मेयर महतोद्वारा नेपाल जन विकास बहुउद्देश्य संस्थाको कार्यालय उद्घाटन
2026-08-18मार्तडीमा व्यवस्थित बसपार्क नहुँदा सडक नै पार्किङस्थल
2026-08-18
मार्तडीमा व्यवस्थित बसपार्क नहुँदा सडक नै पार्किङस्थल
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा व्यवस्थित बसपार्क नहुँदा निजी तथा सार्वजनिक सवारीसाधन सडक छेउमै पार्किङ गर्नुपर्ने अवस्था बनेको छ।
मार्तडी बजार प्रवेश गर्ने दूरसञ्चार कार्यालय अगाडिदेखि नै सडकको छेउछाउमा सवारीसाधन लामबद्ध रूपमा पार्किङ गरिँदा यातायात आवागमनमा समस्या देखिएको छ। सडक साँघुरो हुने र सवारीसाधन तथा पैदलयात्रुको चाप बढ्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।
बसपार्कको अभावमा सवारीसाधनलाई सडक तथा बजार क्षेत्रमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको बताइएको छ। यसले बजारको सौन्दर्यमा असर पार्नुका साथै दैनिक आवागमनमा समेत समस्या सिर्जना गरेको छ।
स्थानीयले सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण गरी सवारीसाधन पार्किङको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। व्यवस्थित पार्किङको व्यवस्था भएमा बजार क्षेत्रमा हुने ट्राफिक समस्या र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिने स्थानीयको अपेक्षा छ।




