कृषकको समस्या बुझ्दै कालिञ्चोक ५ मा १७ वटा चौरी तथा बाख्रा गोठ निर्माण

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

दोलखाको कालिञ्चोक गाउँपालिका–५ का वडा अध्यक्ष सहदेव खड्काले किसानहरूले चौरी तथा बाख्रा गोठसम्म दैनिक आवश्यक सामग्री ओसारपसार गर्नुपर्दा भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै गोठ निर्माणको पहल गरेका छन्।

कृषकहरूको दैनिकी सहज बनाउने उद्देश्यले टुटुवान क्षेत्रमा ५ वटा चौरी गोठ तथा नामाथली, आत्मार र भिर्ख क्षेत्रमा १२ वटा बाख्रा गोठ निर्माण गरिएको हो।

गोठ निर्माणका लागि ईविए संस्थासँगको साझेदारीमा कृषकहरूलाई सहयोग गरिएको वडा अध्यक्ष खड्काले बताए। नयाँ गोठ निर्माण भएपछि किसानहरूलाई पशुपालनमा सहज हुनुका साथै चौरी तथा बाख्राको व्यवस्थित पालनपोषणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय कृषकहरूले आफ्नो दैनिक समस्या बुझेर गोठ निर्माणमा सहयोग गरेको भन्दै वडा अध्यक्ष खड्का तथा साझेदार संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन्।

स्थानीय तह र साझेदार संस्थाको सहकार्यमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *