मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
नेपाल तामाङ मौलिक व्हाइला न्हानको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नेपाल तामाङ मौलिक व्हाइला न्हानले आफ्नो छैटौँ वार्षिकोत्सव तथा साधारणसभा–२०८३ सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा तामाङ मौलिक संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष सञ्जीव तामाङ पोङ्थिला च्याङ्बाले संस्था स्थापनादेखि हालसम्मको यात्रा सहज नभएको बताउँदै यस क्रममा विभिन्न आरोह–अवरोह पार गर्दै संस्थालाई यहाँसम्म ल्याउन सफल भएको उल्लेख गरे।
उनले तामाङ समुदायको मौलिक संस्कृति, संगीत तथा पहिचानको संरक्षणका लागि संस्थाले आगामी दिनमा समेत निरन्तर सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सव तथा साधारणसभामा संस्थाका पदाधिकारी, सदस्य, कलाकार तथा तामाङ समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मौलिक तामाङ बाजा तथा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।





