मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
थाङ्मीचागु डटकम | जोहोरबारु (मलेसिया), असार २३
मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा कार्यरत नेपाल, इलामकी मञ्जु तामाङ मृत अवस्थामा फेला परेको दुःखद घटना सार्वजनिक भएको छ। घटनाबारे हत्या भएको आशंका गरिए पनि आधिकारिक रूपमा मृत्युको कारण भने अझै खुल्न बाँकी रहेको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार मलेसिया प्रहरीले मञ्जुको मृत्यु भएको पुष्टि गरेको छ। तर, घटनापछि पनि उहाँको मोबाइल फोन सक्रिय रहेको र परिवारसँग सन्देश (मेसेज) मार्फत संवाद भइरहेको दाबी गरिएकाले घटनाप्रति थप शंका उत्पन्न भएको छ।
यस घटनालाई गम्भीर रूपमा लिँदै क्वालालम्पुरस्थित नेपाली राजदूतावासले मलेसिया प्रहरीसँग निष्पक्ष, गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न औपचारिक अनुरोध गरेको जनाएको छ।
परिवारका सदस्यहरूका अनुसार मञ्जुले करिब एक साताअघि आफू गम्भीर समस्यामा परेको, १० हजार मलेसियन रिङ्गेट आवश्यक रहेको तथा आफू असुरक्षित महसुस गरिरहेको भन्दै नेपालस्थित परिवारसँग सहयोगको आग्रह गरेकी थिइन्।
घटनाको वास्तविक कारण मलेसिया प्रहरीको अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुने भएकाले आधिकारिक निष्कर्ष नआउँदासम्म कुनै पनि अपुष्ट सूचना, अनुमान वा अफवाहलाई सत्यका रूपमा नलिन सबैमा अनुरोध गरिएको छ।
स्वर्गीय मञ्जु तामाङप्रति थाङ्मीचागु डटकम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक होस् र दोषीमाथि कानुनबमोजिम कडा कारबाही होस् भन्ने अपेक्षा गर्दछ।



