निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01११ किलो सुन तस्करी अभियोगका फरार प्रतिवादी पक्राउ
2026-07-01
निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टि थाङ्मीको हार्दिक आह्वान
दोलखा | २०८३ असार १७ गते, बुधबार
निको आथाङ तुनमुन समाजका संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीले समाजको उज्ज्वल भविष्य, सामुदायिक एकता, थाङ्मी समुदायको पहिचान संरक्षण तथा प्रवर्द्धन, अधिकार सुनिश्चितता, संगठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहन छलफल गर्न आयोजना गरिएको भर्चुअल (अनलाइन) बैठकमा सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अग्रज तथा आदरणीय दाजुभाइ–दिदीबहिनीहरूलाई अनिवार्य रूपमा सहभागी हुन हार्दिक आह्वान गर्नुभएको छ।
उहाँका अनुसार समाजलाई समयानुकूल, सुदृढ र प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको साझा सहभागिता, अनुभव, सुझाव र सहकार्य आवश्यक रहेको छ। भर्चुअल बैठकमा समाजको वर्तमान अवस्था, भावी रणनीति, संगठन विस्तार, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा समुदायसँग सम्बन्धित समसामयिक विषयमा व्यापक छलफल हुने जनाइएको छ।
संस्थापक अध्यक्ष थाङ्मीले समाजका सबै सदस्य तथा शुभेच्छुकहरूलाई आफ्नो बहुमूल्य समय निकालेर बैठकमा सहभागी भई रचनात्मक सुझाव प्रस्तुत गर्न आग्रह गर्नुभएको छ। उहाँले समुदायको समृद्ध भविष्यका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सामूहिक प्रयासबाट मात्र बलियो, संगठित र सम्मानित समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “हामी सबै एकताबद्ध भयौँ भने मात्र हाम्रो समाज थप बलियो, समृद्ध, संगठित र सम्मानित बन्न सक्छ। आउनुहोस्, एकताको भावनासहित साझा भविष्य निर्माण गरौँ।”
निको आथाङ तुनमुन समाजले आयोजना गरेको उक्त भर्चुअल बैठकमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थाङ्मी समुदाय, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अग्रज तथा युवा पुस्ताको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
उक्त जानकारी निको आथाङ तुनमुन समाजका संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीले थाङ्मीचागु डटकमलाई प्रदान गर्नुभएको हो।



