श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
मलेसियन दूतावासले सार्वजनिक सूचना जारी गर्दै नेपालका ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै श्रमिकको स्वास्थ्य परीक्षण हुने जनाएको हो । दूतावासका अनुसार स्वास्थ्य परीक्षण ‘बायो मेडिकल सिस्टम’ अर्थात् बीएमएसमार्फत सञ्चालन भइरहेको छ ।
सन् २०१८ अक्टोबर २९ मा नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीपत्रअनुसार ती ३६ वटा संस्थालाई मात्रै परीक्षणको अनुमति दिइएको दूतावासले स्पष्ट पारेको छ ।
यस व्यवस्थाले नेपाल सरकारले लागू गरेको खुला प्रतिस्पर्धाको नीति मलेसिया जाने श्रमिकका हकमा प्रभावकारी रूपमा लागू हुन नसकेको देखिएको छ ।
दूतावासका अनुसार नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक बीएमएस सेवा शुल्कबापत थप ३ हजार रुपैयाँ लाग्नेछ । उक्त रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ ।
नेपालमा बीएमएस कार्यान्वयन, शुल्क संकलन तथा कानुनी रूपमा रकम पठाउने जिम्मेवारी म्याक्रो टेक प्रालि र बेस्टिनेट एसडीएन. बीएचडीलाई दिइएको दूतावासले जनाएको छ ।
दूतावासले यी संस्थाले नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताअनुसार नै काम गरिरहेको दाबी गरेको छ ।




