नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको अधिवेशनमा सांगीतिक प्रस्तुति दिन गायक प्रकाश तितुङ मलेसिया आइपुगे

0Shares

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको अधिवेशनमा सांगीतिक प्रस्तुति दिन गायक प्रकाश तितुङ मलेसिया आइपुगे

२०८३ असोज १७ गते | ३ अक्टोबर २०२६
संवाददाता

क्वालालम्पुर, मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सवमा सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक प्रकाश तितुङ तामाङ मलेसिया आइपुगेका छन्।

मलेसिया आइपुगेका गायक तितुङलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका सल्लाहकार राजु तामाङ, अध्यक्ष बिक्रम वाइबा तामाङलगायतले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा खादा ओढाएर स्वागत गरेका थिए।

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सव अक्टोबर ४, २०२६ आइतबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा दिउँसो १२ बजेदेखि आयोजना हुँदैछ।

कार्यक्रममा गायक तितुङले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उनको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।

अधिवेशन तथा वार्षिकोत्सवमा मलेसियामा रहेका तामाङ समुदायका विभिन्न संघसंस्था, प्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *