नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अध्यक्षमा श्याम मम्बा तामाङ सर्वसम्मत चयन ।।।

0Shares

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अध्यक्षमा श्याम मम्बा तामाङ सर्वसम्मत चयन

अक्टोबर ३, २०२६
थाङ्मीचागु संवाददाता

कुर्दिस्तान, इराक । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा श्याम मम्बा तामाङ सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

इराक कुर्दिस्तानस्थित नेपाली रेस्टुरेन्ट एन्ड बारमा अक्टोबर २, २०२६ शुक्रबार सम्पन्न अधिवेशनले श्याम मम्बा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनका सभापति तथा निवर्तमान अध्यक्ष अर्जुन मोक्तान, प्रमुख अतिथि नेपाल तामाङ संघीय घेदुङ समितिका अध्यक्ष रामकृष्ण लामा तामाङ तथा विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष बिनोद श्रेष्ठलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको जनाइएको छ।

नवनिर्वाचित कार्यसमितिले तामाङ भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै सम्पूर्ण तामाङ समुदायलाई एकताबद्ध बनाउन संस्थाको उद्देश्यअनुरूप सक्रियतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनपछि नवनिर्वाचित कार्यसमितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सभापति, प्रमुख अतिथि, विशेष अतिथि, एनआरएनए इराक परिवार, नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानी, अग्रज बुद्धिजीवी, निर्वाचन समिति, संस्थापक, सल्लाहकार, पदाधिकारी, सदस्य तथा कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमिति

१. अध्यक्ष: श्याम मम्बा तामाङ
२. वरिष्ठ उपाध्यक्ष: प्रकाश योन्जन तामाङ
३. महिला उपाध्यक्ष: धनमाया लामा तामाङ
४. महासचिव: विजय हिमरुङ तामाङ
५. कोषाध्यक्ष: राजु थोकर तामाङ

सदस्यहरू:
६. युवराज तामाङ
७. सुजन तामाङ
८. सुष्मा तामाङ
९. निमा साङ्मो तामाङ

नवनिर्वाचित महासचिव विजय हिमरुङ तामाङले संस्थाको आगामी कार्यदिशामा सम्पूर्ण तामाङ समुदायको साथ, सहयोग र सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ।

थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *