मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
दार्जिलिङमा दुर्घटनापछि दोलखा थाङ्मीचागुका देवा थामीको निधन
दार्जिलिङमा दुर्घटनापछि दोलखा थाङ्मीचागुका देवा थामीको निधन
थाङ्मीचागु डटकम
मिति: २०८२ फागुन १४ गते (२६ फेब्रुअरी २०२६)
दोलखा जिल्ला, बिगु गाउँपालिका–८ थाङ्मीचागु निवासी देवा थामीको भारतको दार्जिलिङमा दुर्घटनापछि दुःखद निधन भएको छ।
रोजगारीका सिलसिलामा दार्जिलिङमा कार्यरत रहँदा काम गर्ने क्रममा लडेर उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। करिब एक सातासम्म उपचाररत रहनुभएका थामीको अन्ततः उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उहाँको असामयिक निधनले परिवार, आफन्त तथा थाङ्मी समुदायमा गहिरो शोक छाएको छ। स्वर्गीय देवा थामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।




