मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
निर्वाचनको मुखैमा कांग्रेस पूर्वसभापति देउवा सिंगापुर उडे।।।
निर्वाचनको मुखैमा कांग्रेस पूर्वसभापति देउवा सिंगापुर उडे
मिति: १४ फाल्गुन २०८२, बिहीबार | ०८:५५ बजे
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिंगापुर प्रस्थान गरेका छन्।
निर्वाचनको मिति घोषणापछि अहिलेसम्म कुनै चुनावी सभा वा कार्यक्रममा सहभागी नभएका देउवा स्वास्थ्य उपचारका लागि भन्दै बुधबार राति ११ः३० बजे को उडानबाट सिंगापुर गएका हुन्। विमानस्थल सुरक्षास्रोतका अनुसार उनी सहयोगी भानु देउवाका साथ प्रस्थान गरेका थिए।
स्रोतका अनुसार देउवाकी पत्नी भने हाल भारतमा छिन्।
पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार सार्वजनिक भएको थियो। विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि उनी केही समयदेखि सक्रिय राजनीतिमा कम देखिएका थिए। निर्वाचन आयोगले आधिकारिकता नदिएको विषयमा समेत उनी असन्तुष्ट रहेको बताइएको छ।
कांग्रेस पदाधिकारीहरूले पार्टीको चुनावी अभियानमा साथ दिन आग्रह गरे पनि उनले स्वीकार नगरेको स्रोतको दाबी छ। उम्मेदवारका पक्षमा मत माग्ने सार्वजनिक अपिलसमेत सफल हुन सकेको थिएन।
देउवा २०४८ सालदेखि लगातार सात पटक डडेलधुराबाट कांग्रेस उम्मेदवारका रूपमा निर्वाचित हुँदै आएका छन्।





