कुर्दिस्तानको एर्बिलमा ‘नयाँ वर्ष २०८३’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा हुँदै !!!

0Shares

कुर्दिस्तानको एर्बिलमा ‘नयाँ वर्ष २०८३’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा हुँदै

१३ फागुन २०८२ | संवाददाता : थाङ्मीचागु डट कम

एर्बिल (इराक) – ले नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

संघको एर्बिलस्थित समाजद्वारा सातौँ प्रस्तुतिका रूपमा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ। प्रवासी भूमिमा रहेर पनि आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइँदै आएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारका रूपमा चर्चित लोकप्रिय गायक को विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै कुर्दिस्तानमा रहेका स्थानीय नेपाली कलाकारहरूले विविध सांगीतिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी गरिएको छ।

कार्यक्रम आगामी १७ अप्रिल २०२६ मा , मा बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।

संघका अध्यक्ष विकास राणा मगरका अनुसार प्रवासी नेपालीबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई सुदृढ गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो। उहाँले कुर्दिस्तानमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, कलाकार तथा कुर्दिस्तानमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।

प्रवासी भूमिमा नेपाली कला, संस्कार र परम्परालाई जगेर्ना गर्दै नयाँ वर्षलाई सामूहिक रूपमा स्वागत गर्ने यो कार्यक्रम एर्बिलस्थित नेपाली समुदायका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *