सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
जिल्ला निर्वाचन कार्यालय दोलखाद्वार निर्वाचनको अन्तिम तयारी पूरा

निर्वाचन कार्यालय दोलखाले निर्वाचनको अन्तिम तयारी पूरा गरेको जनाइएको छ। दोलखा जिल्ला अन्तर्गत रहेका सम्पूर्ण मतदान केन्द्रहरूमा मतदान अधिकृत र अन्य कर्मचारीहरू समेत खटाइएको विवरण गत मिति २०८२ फागुन १० गते सार्वजनिक गरेको थियो। मतदान केन्द्रमा खटिने मदन अधिकृतहरूलाई फागुन १७ गतेभित्र सम्पूर्ण निर्वाचन सामग्रीहरू बुझ्न आउन एक सूचनासमेत जारी गरेको छ।

त्यसैगरी मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत र सहायक कर्मचारी लगायत अन्य कर्मचारीहरूलाई पनि फागुन १७ गतेभित्र नियुक्तिपत्र बुझ्न आउनुहुन समेत सूचना जारी गरेका छन्।

त्यसैगरी निर्वाचनलाई निष्पक्ष, भएरहित ढङ्गले सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायले सुरक्षा टोलीहरूलाई समेत यसअघि नै खटाइसकेका छन् । सुरक्षालाई दृष्टिगत गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र निर्वाचन प्रहरी हरूलाई पनि मतदान केन्द्रमा खटाइ सकिएको जानकारी दिएका छन्।





