नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि
थाङ्मीचागु डटकम | आइतबार, १७ फागुन २०८२
तेहरानबाट आएको पछिल्लो विवरणअनुसार इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। राज्य–नियन्त्रित सञ्चारमाध्यमले विशेष प्रसारणमार्फत खामेनी अब जीवित नरहेको जानकारी सार्वजनिक गरेको हो।
यसअघि डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हमला गरेको र सो क्रममा खामेनीको निवासलाई समेत निशाना बनाइएको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।
सन् १९८९ देखि इरानको सर्वोच्च शक्तिमा रहेका खामेनी देशका सबैभन्दा प्रभावशाली धार्मिक तथा राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्थे। उनी इस्लामिक क्रान्तिका नेता आयातोल्लाह खुमेनीका निकट सहयोगी थिए र सन् १९७९ को क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका थिए।
खामेनीको निधनसँगै इरानमा ४० दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। घटनाले मध्यपूर्व क्षेत्रमा नयाँ राजनीतिक तरंग सिर्जना गरेको विश्लेषण गरिएको छ।
थप विवरण आउँदै…





