भाजु ठान्टी थाङ्मी गोडाइचा: गाउँ विकास र थामी समुदायको उत्थानमा समर्पित नेतृत्व ।।।
2026-07-16रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न, माई–लारुम्बा यात्रा अब सहज ।।।
2026-07-16
इरानको स्पष्ट सन्देश: अमेरिकासँग वार्ता हुँदैन
इरानको स्पष्ट सन्देश: अमेरिकासँग वार्ता हुँदैन
१८ फाल्गुन २०८२, सोमबार | थाङ्मीचागु डटकम
इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्तामा नबस्ने स्पष्ट सन्देश दिएको छ। इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत धारणा सार्वजनिक गर्दै अमेरिकासँग पुनः वार्ताको चर्चा निराधार रहेको बताएका हुन्।
हालै केही सञ्चारमाध्यममा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः संवादको पहल गर्न खोजेको भन्ने समाचार सार्वजनिक भएका थिए। ती समाचारप्रति प्रतिक्रिया दिँदै लारिजानीले “इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन” भन्ने स्पष्ट अडान सार्वजनिक गरेका छन्।
यसै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै ट्रम्पको नीतिले मध्यपूर्व क्षेत्रमा अस्थिरता निम्त्याएको आरोप लगाए। उनले अमेरिकाले झूटा आशा देखाएर क्षेत्रीय तनाव बढाएको दाबी गर्दै हाल अमेरिकी पक्ष आफ्ना सैनिकहरूको सुरक्षाबारे चिन्तित देखिएको उल्लेख गरेका छन्।
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमबीच इरानको यो अभिव्यक्ति कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। विश्लेषकहरूले इरानको अडानले क्षेत्रीय शक्ति सन्तुलन र भविष्यको कूटनीतिक प्रक्रियामा असर पार्न सक्ने टिप्पणी गरेका छन्।





