४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
लहान–१५ बेताहा दुर्गम बस्तीको सडक जीर्ण, स्थानीयले मागे तत्काल मर्मत र कल्भर्ट निर्माण
लहान–१५ बेताहा दुर्गम बस्तीको सडक जीर्ण, स्थानीयले मागे तत्काल मर्मत र कल्भर्ट निर्माण
थाङमिचागु डटकम संवाददाता

लहान नगरपालिका–१५ स्थित बेताहा दुर्गम बस्ती जाने मुख्य सडक पूर्ण रूपमा जीर्ण बनेपछि स्थानीयवासीले तत्काल मर्मतको माग गरेका छन्। लगातारको वर्षा र अव्यवस्थित बहाबका कारण सडकका धेरै भाग भत्किदै जाँदा अहिले यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाले पैदल आवतजावत गर्न समेत कठिनाइ भोगिरहेका छन्। विशेषगरी बिरामीको हकमा एम्बुलेन्स प्रवेश गर्न नसक्ने स्थितिले आम नागरिकको दैनिक जीवन थप संकटमा परेको स्थानीयहरू बताउँछन्।
यही अवस्थाप्रति ध्यानाकर्षण गराउँदै स्थानीय विनोद अविरलले लहान नगरप्रमुख महेश प्रसाद चौधरीसमक्ष निवेदन दर्ता गर्दै तत्काल सडक मर्मत तथा जेसीबी उपलब्ध गराउन अनुरोध गरेका छन्। साथै, बेताहा बस्तीका दुई महत्वपूर्ण स्थानमा अत्यावश्यक देखिएको कल्भर्ट निर्माण तत्काल गर्न माग गरिएको छ।
अविरलले निवेदनमा उल्लेखित तथ्यहरू सबै सत्य रहेको जिकिर गर्दै, अवस्था झुठो साबित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन्।
स्थानीयले बाटो र पूर्वाधारको शीघ्र सुधारका लागि नगरपालिकाले चाँडै पहल गर्ने अपेक्षा लिएका छन्।





