मलेसियामा प्रवासी नेपाली मञ्चको ११औँ विस्तारित बैठक सम्पन्न

0Shares

मलेसियामा प्रवासी नेपाली मञ्चको ११औँ विस्तारित बैठक सम्पन्न

मंसिर ८, २०८२ | मलेसिया

मलेसियामा क्रियाशील प्रवासी नेपाली मञ्च मलेसियाको ११औँ विस्तारित बैठक आज यहाँ सम्पन्न भएको छ। संगठनको संरचनागत सुदृढीकरण, कार्यक्रमहरूका मूल्याङ्कन तथा आगामी कार्ययोजनाको रूपरेखा तय गर्ने उद्देश्यले बैठक आयोजना गरिएको मञ्चले जनाएको छ।

बैठकमा मञ्चका केन्द्रीय पदाधिकारी, प्रदेश/जोन प्रतिनिधिहरु, सदस्य तथा आमन्त्रित सहभागीहरू उपस्थिति रहेका थिए। कार्यक्रममा हालसम्मको गतिविधि, विदेशस्थित नेपाली कामदारका समस्या, सहजीकरण तथा संस्थाबीचको समन्वयका मुद्दामा विस्तृत छलफल भएको थियो।

बैठकले मलेसियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सहयोग, सूचना, समस्या समन्वय, कानुनी परामर्श, तथा सामाजिक–सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै, नियमित भेला तथा प्रतिवेदन प्रणालीलाई सुव्यवस्थित गर्ने, संस्थागत पारदर्शिता र जिम्मेवारीबहनलाई सुदृढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

मञ्चका अध्यक्षले संस्थालाई अझै एकीकृत, सक्षम र परिणाममुखी बनाउँदै प्रवासी नेपालीका हकहित र सुरक्षाका सवालमा निरन्तर रूपमा आवाज उठाइरहने बताए। उनले मञ्चले विगतमा उठाएका कामदारका समस्या समाधान, उद्धार, आकस्मिक सहयोग तथा सूचना प्रवाहसम्बन्धी गतिविधि प्रभावकारी रहेको उल्लेख गर्दै, आगामी दिनमा पनि यसलाई अझै विस्तार गरिने जानकारी दिए।

बैठकमा सहभागी प्रतिनिधिहरूले प्रवासी नेपालीमाथि पर्ने विभिन्न चुनौती, दूतावास तथा सरोकारवाला निकायसँगको समन्वय, र मञ्चका आगामी कार्यक्रमबारे सुझाव एवं धारणा राखेका थिए।

बैठकले केही प्राविधिक तथा संगठनात्मक विषयमा उपसमिति गठन गर्ने निर्णय गरेको छ भने, मलेसियामा रहेका नेपाली समुदायलाई एकजुट गर्दै सकारात्मक, सुरक्षित र सहजीकृत वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैठक सम्पन्न भएको मञ्चले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *