यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
मलेसियाको जोहोरमा किराँत राई यायोख्खा तयारीमा व्यस्त, उधौली साकेला डिसेम्बर ७ मा
मलेसियाको जोहोरमा किराँत राई यायोख्खा तयारीमा व्यस्त, उधौली साकेला डिसेम्बर ७ मा
मलेसिया, जोहोरबारु — किराँत राई यायोख्खा क्षेत्रीय समिति जोहोरको आयोजनामा किराँत समुदायको महान पर्व उधौली साकेला जोहोरबारुस्थित Jo Hotel मा भव्य रूपमा मनाउने तयारी तिव्र रूपमा अघि बढिरहेको छ।
उक्त दिन किराँत राई यायोख्खा क्षेत्रीय समिति जोहोरको तेस्रो अधिवेशन पनि आयोजना गरिने जनाइएको छ।
मलेसियामा रहेका किराँती तथा गैरकिराँती दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्।
अन्नबाली भित्र्याई प्रकृतिप्रति धन्यवाद दिने र देवी–देवताप्रति श्रद्धा अर्पण गर्ने परम्परासँग सम्बन्धित उधौली साकेला पर्व नेपालमा मंसिर पूर्णिमाका दिन मनाइन्छ। सोही परम्पराको संरक्षण र प्रवर्द्धनका लागि जोहोरस्थित किराँत राई यायोख्खाले यो वर्ष डिसेम्बर ७ (आइतबार) का दिन जोहोरबारुमा भव्य रूपमा मनाउने तयारी गरेको हो।
कार्यक्रम Jo Hotel, चौथो तलामा (4th Floor) आयोजना हुनेछ।
कार्यक्रममा स्थानीय चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने सामूहिक साकेला नृत्य पनि प्रमुख आकर्षण हुनेछ।
आयोजकका अनुसार, यस कार्यक्रमले प्रवासी भूमिमा किराँत धर्म, संस्कृति र परम्पराको संरक्षण–प्रवर्द्धनसँगै नेपालीबीच आपसी एकता र मित्रता सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।
थाङ्मीचागु डटकम | सत्य, तथ्य र निष्पक्ष पत्रकारिता





