मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता लिएको छ। गृह मन्त्रालयका अनुसार नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रदान गरिएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीसहितका १८ जना सुरक्षाकर्मी हटाइएका हुन्।
मन्त्रीस्तरीय स्रोतका अनुसार नेपालमाथि पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको अभियोग लागेको कारण सुरक्षा सुविधा कटौती गरिएको हो। स्रोतका भनाइअनुसार, “भ्रष्टाचार अभियुक्त भएकाले उहाँका सबै सुरक्षा सुविधा फिर्ता गरिएका हुन्।”
यदि नेपालले निवेदन दिएर सुरक्षा चुनौती देखाएमा सरकार परिस्थितिअनुसार पुनः सुरक्षा उपलब्ध गराउन सक्ने समेत भनिएको छ।
नेपाल हाल विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्। अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले मापदण्डविपरीत प्रयोग गरेका सुरक्षाकर्मी फिर्ता लिएको थियो।
सरकारको पछिल्लो कदमले पूर्वप्रधानमन्त्रीहरूलाई दिइने विशेष सुविधा र सुरक्षाको मापदण्ड पुनः परिभाषित गर्न खोजिएको संकेत गरेको छ।





