मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाल थामी समाज मलेसियाको विशेष कार्यक्रम समाजसेवी शशिकला राई सम्मानित
नेपाल थामी समाज मलेसियाको विशेष कार्यक्रम समाजसेवी शशिकला राई सम्मानित
थाङमिचागु डटकम संवाददाता

क्वालालम्पुर, मलेसिया । आइतबार, २१ सेप्टेम्बर २०२५
नेपाल थामी समाज मलेसियाले आयोजना गरेको विशेष कार्यक्रममा समाजसेवी **शशिकला राई (नाना ज्यु)**लाई सम्मान–पत्र प्रदान गरिएको छ ।
थामी समुदायको साझा संस्थाको प्रथम ऐतिहासिक प्रवास भेलालाई सफल बनाउन पु¥याएको अतुलनीय योगदानको कदर गर्दै नेपाल थामी समाज मलेसियाले उहाँलाई सम्मान गरेको हो ।
कार्यक्रममा समाजका अध्यक्ष सन्तोष ठान्टी थाङ्मी तथा सचिव मे हाङ ठान्टी थामीले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सक्रिय सदस्य प्रज्वाल हार्बा थाङ्मीको पनि विशेष उपस्थिति रहेको थियो ।
यस अवसरमा विभिन्न संघ–संस्थाका अग्रज बुद्धिजीवीहरू, समाजका अभिभावक सन्जु नाना, देबिवा राई बिनु ज्युलगायतको सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।
उपस्थित अतिथिहरूले शशिकला राई (नाना ज्यु)लाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ सफल योगदानको शुभकामना व्यक्त गरेका थिए ।





