मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रथम महिला गोल्डकप २०८२ सम्पन्न : एभरेस्ट एकेडेमी सर्लाही विजेता
प्रथम महिला गोल्डकप २०८२ सम्पन्न : एभरेस्ट एकेडेमी सर्लाही विजेता
थाङमिचागु डटकम संवाददाता

धनगढीमाई नगरपालिका–३ स्थित जिरोमाइल खेल मैदानमा धनगढीमाई एफसी (Dhangadhimai FC) द्वारा आयोजित प्रथम महिला गोल्डकप २०८२ को समापन समारोह वडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ ।
सात दिनभन्दा बढी समयसम्म सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको फाइनल खेल असोज ५ गते सम्पन्न भयो । फाइनलमा एभरेस्ट एकेडेमी लालबन्दी, सर्लाहीले भप्सि एकेडेमी, महोत्तरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
समापन समारोहमा प्रमुख अतिथि रामचन्द्र यादव, विशिष्ट अतिथि उपमेयर संगीता कुमारी चौधरी, विभिन्न वडा अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधिहरू, युवा वर्ग, स्थानीय प्रहरीलगायतको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई कदरपत्र, नगद पुरस्कार, ट्रफी लगायतले सम्मान गरिएको थियो । प्रतियोगिताभर निष्पक्ष रेफ्रिङ गर्दै मोहन चौधरीले निर्णायक भूमिका निर्वाह गरेका थिए भने उद्घोषण मुरली चौधरीले गरेका थिए ।
धनगढीमाई एफसीद्वारा पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय स्तरमा महिला फुटबलको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।




