बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
Thursday, September 10, 2026
एनआरएनए मलेसियाको उपाध्यक्षमा बिस्णु चौधरीको उम्मेदवारी
एनआरएनए मलेसियाको उपाध्यक्षमा बिस्णु चौधरीको उम्मेदवारी
क्वालालम्पुर (अगस्ट २९, २०२५) –
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले २०२५–२०२७ कार्यकालका लागि गर्ने नवौं अधिवेशनमा चितवन खैरहनीका बिस्णु चौधरीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
पाँच वर्षदेखि मलेसियामा कार्यरत चौधरी सामाजिक गतिविधिमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न रहँदै आएका छन्। उनले नयाँ सोच र प्रतिस्पर्धात्मक योजनासहित आगामी कार्यकालमा संस्थागत विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ईमानदार र स्वच्छ छविका युवा उम्मेदवारका रुपमा चौधरीलाई मलेसियास्थित नेपाली समुदायले हेरिएको छ। उनले उपाध्यक्ष पदमा विजयी भएमा संस्थामा नयाँ कार्यशैली र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिने बताएका छन्।





