दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
Wednesday, September 9, 2026
मलेसियामा एनआरएनए उपाध्यक्षमा बिमल कुमार रानाको उम्मेदवारी
मलेसियामा एनआरएनए उपाध्यक्षमा बिमल कुमार रानाको उम्मेदवारी
तिलोचन गौतम, क्वालालम्पुर (अगस्ट २९, २०२५) –
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले २०२५–२०२७ को कार्यकालका लागि गर्ने नवौं अधिवेशनमा बिमल कुमार रानाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
एक दशकदेखि मलेसियामा रहँदै आएका रानाले विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले संस्थामा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव हासिल गरेका छन्।
गत कार्यकालमा महासचिव पदका लागि प्रतिस्पर्धा गरेका रानाले यसपटक उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै श्रमजीवी मैत्री संस्था निर्माण गर्ने उद्देश्यसहित स्पष्ट कार्ययोजना अघि सारेका छन्। “वास्तवमा योजनाबद्ध ढंगले काम गर्न सक्दा मात्र एनआरएनएलाई श्रमिकमैत्री संस्था बनाउन सकिन्छ,” उनले बताए।





