बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
समाजसेवी दिल केरुङ लिम्बु वरिष्ठ–उपाध्यक्षका उम्मेदवार।।।
समाजसेवी दिल केरुङ लिम्बु वरिष्ठ–उपाध्यक्षका उम्मेदवार
थाङ्मीचागु संवाददाता
अगस्ट 28, 2025 | क्वालालम्पुर, मलेसिया
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशन यहीँ अगस्ट ३१ मा हुने भएको छ। अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको दौड तीव्र बन्दै गएको छ।
यसै क्रममा सन् २००३ देखि एनआरएनए मलेसियामा सक्रिय रहँदै आएका रेस्टुरेन्ट व्यवसायी तथा समाजसेवी दिल केरुङ लिम्बुले वरिष्ठ–उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
करिब दुई दशकदेखि मलेसियामा रहेका लिम्बुले विगतका प्रायः सबै कार्यसमितिमा सक्रिय भई काम गरेका छन्। नेपाली श्रमिकका समस्यामा निरन्तर साथ दिँदै आएका उनले विभिन्न समयमा उत्पन्न समस्या समाधानमा अग्रणी भूमिका खेलेका छन्। त्यसैले उनी आगामी कार्यकालमा सक्षम नेतृत्व दिन सक्ने सम्भावनायुक्त उम्मेदवारका रूपमा हेरिएका छन ।
हाल लिम्बु किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका छन्। समाजसेवामा निरन्तर संलग्न उनले समुदायमा दिएको योगदानका कारण उम्मेदवारीले विशेष चर्चा पाएका छन ।





