राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नेतृत्वको विवाद चुलिँदै, एनआरएनए मलेसिया अगस्ट ३१ मा दुई धारको अधिवेशन
नेतृत्वको विवाद चुलिँदै, एनआरएनए मलेसिया अगस्ट ३१ मा दुई धारको अधिवेशन
थाङ्मीचागु डटकम – August 26, 2025
क्वालालम्पुर (मलेसिया): गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आगामी अगस्ट ३१ मा नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम भव्यताका साथ गर्ने तयारी गरेको छ। तर संस्थाभित्र दुई धारमा विभाजन भएसँगै छुट्टाछुट्टै अधिवेशन हुने पक्का भएको छ।
गत जुलाई २० मा संस्थालाई सक्षम र एकाबद्ध बनाउन सहमति जुटाइए पनि त्यसलाई बिधान विपरीत भन्दै आन्तरिक गुटबन्दी सुरु भएको थियो। राकेश प्रसाद महतो संयोजकत्वमा एक समूहले अधिवेशन गर्ने निर्णय गरे पनि अर्को पक्षले त्यसलाई अमान्य ठहर गर्दै अलग अधिवेशन गर्ने घोषणा गरेको हो।
जुलाई २७ मा डा. बद्री केसी पक्षधर समूहले महतोलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराइसकेको दाबी गर्दै वैधानिकता आफ्नो पक्षमा रहेको बताएको छ। त्यस्तै, महेश श्रेष्ठ पक्षधर समूहले पनि यही अगस्ट ३१ मा अधिवेशन गर्ने तयारी थालेको छ।
यसरी आ–आफ्नै तर्क र विश्लेषण प्रस्तुत गर्दै छुट्टाछुट्टै अधिवेशन हुने भएपछि संस्थाभित्र नयाँ अन्योल थपिएको छ। तर पनि इद्र नारायण लिम्बू संयोजकत्वमा रहेको समूहले सबैलाई समेटेर एकताको आधारमा अघि बढ्नुपर्नेमा जोड दिएको छ।
नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रमलाई भव्य बनाउन नेपालबाट कलाकार शोभा त्रिपाठी, बुद्ध लामा लगायत स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ।




