राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
मलेसियामा एनआरएनए अध्यक्षका लागि इन्द्र नारायण लिम्बू मैदानमा ।।।
मलेसियामा एनआरएनए अध्यक्षका लागि इन्द्र नारायण लिम्बू मैदानमा
थाङ्मीचागु डटकम ११ भदौ २०८२
गैर आवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा सुरु भएको छ। यसै क्रममा इन्द्र नारायण लिम्बूले २०२५/२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
संघको स्थापना कालदेखि नै विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै आएका लिम्बूले मलेसियामा लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रियता जनाउँदै आएका छन्। देशमा विपत् परेका बेला सहयोग पुर्याउनेदेखि मलेसियामा रहेका श्रमिक वर्गका समस्याहरु समाधान गर्नसम्म उनले उल्लेखनीय भूमिका खेलेका छन्।
लामो अनुभव र कार्यकुशलताका आधारमा आफू अध्यक्ष पदका लागि सक्षम उम्मेदवार भएको दाबी गर्दै लिम्बूले सामाजिक सद्भाव, मिलाप र श्रमिक समस्याका समाधानलाई प्राथमिकता दिने कार्यनीति सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। साथै, उनले आगामी अधिवेशनमा सबैलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन्।




