सम्झना थाङ्मी बचाउ अभियान : राष्ट्रिय कलाकार माया थाङ्मीको नेतृत्वमा सहयोग रकम हस्तान्तरण

0Shares

सम्झना थाङ्मी बचाउ अभियान : राष्ट्रिय कलाकार माया थाङ्मीको नेतृत्वमा सहयोग रकम हस्तान्तरण

२७ जेठ मंगलवार २०८२

काठमाडौँ, थाङ्मीचागु डट कम ।
रामेछाप जिल्ला दोरम्पा सैलुङ गाउँपालिका–२ निवासी सम्झना थाङ्मीको फोक्सोको शल्यक्रिया हाल काठमाडौँस्थित KMC अस्पतालमा भइरहेको छ। गम्भीर अवस्थामा पुगेकी सम्झनाको जीवनरक्षाका लागि सुरु गरिएको ‘सम्झना थाङ्मी बचाउ अभियान’लाई राष्ट्रिय कलाकार तथा समाजसेवी माया थाङ्मीले नेतृत्व गर्नुभएको हो।

उहाँको सक्रिय पहलमा देश–विदेशका मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो। अभियान अन्तर्गत संकलित रु. २,४७,१०६ (दुई लाख सत्तचालीस हजार एक सय छ) आज राष्ट्रिय कलाकार माया थाङ्मीले औपचारिक रूपमा सम्झना थाङ्मीलाई हस्तान्तरण गर्नुभएको छ।

रकम हस्तान्तरण कार्यक्रमका क्रममा माया थाङ्मीले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै भनिन्,
“सम्झनाको स्वास्थ्यलाभको कामनासहित साथ र समर्थन जनाउनु भएका सम्पूर्ण सहयोगी मनहरूलाई हामी सधैं सम्झिरहनेछौं। यो सहयोग मानवताको उज्यालो उदाहरण हो।”

सम्झना थाङ्मीको सफल उपचारको लागि थाङ्मी समुदायसहित देश–विदेशका सहयोगीहरूको सद्भाव र सहकार्य निरन्तर रहिरहोस् भन्ने कामना गरिएको छ।

थाङ्मीचागु डट कम अनलाइन खबरका लागि
सम्पर्क: [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *