डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

0Shares

डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

थाङमिचागु डटकम संवाददाता

🖊️ हिमांशु राय – उर्लाबारी, मोरङ | असार २, २०८२

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिद्वारा प्रदान गरिँदै आएको “धिमाल युवा प्रतिभा पुरस्कार” यस वर्ष डा. सजिना धिमाललाई प्रदान गरिने भएको छ।

पुरस्कार छनोट समितिको बैठक सोमबार धिमाल परियोजना स्थल मंगलबारे मा बसेको थियो। बैठकले मोरङ, झापा र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल समुदायकी पहिलो एमबिबिएस चिकित्सक बन्न सफल डा. सजिना धिमाललाई सम्मान गर्ने निर्णय गरेको छनोट समिति संयोजक अजितकुमार धिमालले जानकारी दिनुभयो।

दमक–२, खरखरे निवासी डा. सजिनाले पोखरास्थित गण्डकी मेडिकल कलेजबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (MBBS) डिग्री हासिल गर्नुभएको हो। उहाँको यो उपलब्धिले सम्पूर्ण धिमाल समुदायलाई गर्वको अनुभूति गराएको भन्दै पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको संयोजक धिमालले बताए।

धिमाल जातिको प्रमुख सांस्कृतिक पर्व ‘जातिरी’ (सिरिजात) को समापन अवसरमा हरेक वर्ष असार २ गते आयोजना गरिने विशेष कार्यक्रममा धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिँदै आइएको छ। यस वर्ष पनि सोही दिन कार्यक्रम आयोजना गरिने र डा. धिमाललाई सम्मान गरिने महासचिव मातृका धिमालले जानकारी दिनुभयो।

पुरस्कारको रूपमा नगद ५ हजार रुपैयाँ, सम्मान–पत्र, र धिमाल समुदायको परम्परागत ‘आल्गी धावा’ ओढाइ सम्मान गरिनेछ।

यसअघि यो पुरस्कारबाट सम्मानित हुने उल्लेखनीय प्रतिभाहरूमा निम्न व्यक्तित्वहरू रहेका छन्:

बडिबिल्डर विकास धिमाल

गायिका मेचु धिमाल

बडिबिल्डर ललित धिमाल

फुटबल खेलाडी रजिन धिमाल

तेक्वान्दो खेलाडी दिपेन धिमाल

गायक राजेश धिमाल

नृत्याङ्गना सरस्वती धिमाल


महासचिव धिमालका अनुसार पुरस्कारको उद्देश्य युवा प्रतिभालाई प्रोत्साहन गर्ने, समुदायभित्रको सकारात्मक उदाहरण प्रस्तुत गर्नेउत्कृष्टता हासिल गर्न प्रेरणा दिने रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *