मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
पाँचखालमा Gyanoday र Gyaneswori Scout Troop को संयुक्त हाइक कार्यक्रम सम्पन्न
पाँचखालमा Gyanoday र Gyaneswori Scout Troop को संयुक्त हाइक कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता


काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. २ मा रहेको Gyanoday Scout Troop र वडा नं. १ स्थित Gyaneswori Scout Troop को संयुक्त आयोजनामा एक दिवसीय स्काउट हाइक कार्यक्रम सम्पन्न भएको छ।
स्काउट मास्टर सागर जंग दनुवारका अनुसार हाइक अनेकोटको कृष्ण मन्दिरबाट सुरु भई अनेकोट भ्यू टावरमा सम्पन्न भएको हो। कार्यक्रममा ५७ जना स्काउटहरूको सहभागिता रहेको थियो, जसमा २९ जना गल्स गाइड र २८ जना बोइज स्काउट थिए।
स्काउट मास्टर दनुवारले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा समयपालन, एकता, सहकार्य र अनुशासन जस्ता जीवनोपयोगी गुणहरूको विकास गर्ने बताउनुभयो। उहाँका अनुसार कक्षा कोठा बाहिर गरिने गतिविधिले विद्यार्थीको चौतर्फी विकासमा सकारात्मक प्रभाव पार्ने गर्छ।
कार्यक्रममा स्काउट समिति सदस्य रामहरी पौडेल र शिक्षिका इश्वरी गौतमको पनि सक्रिय सहभागिता थियो। पौडेलका अनुसार स्काउट गतिविधिले विद्यार्थीहरूलाई मिलेर काम गर्ने बानी बसाल्नुका साथै उनीहरूलाई बढी अनुशासित बनाउने गर्छ।
गल्स गाइडको नेतृत्व गरिरहनु भएकी सामाजिक शिक्षा शिक्षिका इश्वरी गौतमले स्काउट विद्यार्थीहरू समूहमा छिटो घुलमिल हुन र नयाँ साथी बनाउन सिपालु हुने बताउनुभयो। उहाँले स्काउटले सामाजिकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी गल्स गाइड बिनिता तामाङले सबैजना मिलेर चिया पकाई र घरबाट ल्याएको खाजा खाँदा रमाइलो लागेको बताइन्। अर्की गल्स गाइड सुविना तामाङले मौसमका कारण केही समय घाम र केही समय बादल लागेको भए पनि झोलामा छाता, पानी र खाजाजस्ता सामग्री ल्याएकोले असहजता नभएको बताइन्।
स्काउट सुर्य दुलालले भने भ्यू टावर वरपर फोहर भएकाले अलिकति नमज्जा लागेको बताए। उहाँले जथाभावी फालिएका बियरका बोतलका टुक्राले चोटपटक लाग्ने सम्भावना रहेको भन्दै सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
पाँचखाल नगरपालिका भित्र विकसित हुँदै गरेको भ्यू टावर क्षेत्रलाई थप आकर्षक बनाउन खानेपानी र विद्युतजस्ता पूर्वाधार विकासको खाँचो रहेको सहभागीहरूले बताएका छन्।





