फेसबुकमार्फत पत्रकारमाथि लाञ्छना: पत्रकार श्रेष्ठ कानुनी बाटोमा

0Shares

फेसबुकमार्फत पत्रकारमाथि लाञ्छना: पत्रकार श्रेष्ठ कानुनी बाटोमा

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल फेसबुककाे प्रयाेगबाट Bidur Adhikari नामक ब्यक्तिले पत्रकार दिपेश श्रेष्ठ माथि निराधार र अपाच्य आराेप लगाएका छन्।

उक्त फेसबुकमा अधिकारीले राजनितिक बिषय लेखेका थिए र प्रतिकृयाहारु लेखिएका मध्य पत्रकार दिपेश श्रेष्ठले पनि एउटा प्रतिकृया जनाउदै यस्ताे लेखेका थिए :

” सामजिक सञ्जाल तपाईं पार्टिगतहरुकाे मात्र हैन, हेक्का हाेस,यस्ता प्रचारले नेताहरुकाे त धाेति फुस्क्याे फुस्क्याे समुदाय बदनाम गराउन उद्दत नहुदा राम्राे। खाेजेर हिन्याे भने आफै आकाे बाटाे भेटिन्छ, तपाईं नेताहरु काे हाे,? अरुधेरै न लेखाैँ। स्वार्थ र लाेभबाहेककाे अगुवा पाउनु अब फेरि जन्म लिनु पर्छ।”

पत्रकार दिपेश श्रेष्ठकाे उक्त प्रतिकृयामा जवाफ दिँदै अधिकारिले विभिन्न आराेप सहितकाे लानछाना सहित लेखेका छन्।
हेराैँ Bidur काे प्रतिकृया पनि :

” सञ्जाल पार्टीगतहरूको मात्रै हो भन्ने दाबी कसैले गरेको छैन । अरूको धोती फुस्किसक्यो भन्नेहरू आफै पत्रकार संघ महासंघ संगठनको कारबाहीमा परेका, विभिन्न अवसरमा अरूका कुरा बाहिर निकाल्छु भन्दै कतै केही भाग लागि पो हाल्छ कि भन्दै अँध्यारोमा मुक्का हान्दै हिँडिरहेका, बडो लोभलालचबाट विमुक्त भन्ने भ्रम छर्दै हिँड्दा पक्राउ खाँदा झण्डै पतलुन गिला गरेका पनि हामीले नसुनेका होइनाैं । यसकारण हरेकोले आफ्नो जाँचो गरोस् र मात्रै moral grandstanding गरोस् । ज्यादा किम । “

अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नाे छवि तय गरिसकेका पत्रकार श्रेष्ठले कल मार्फत साे बिषयकाे प्रमाण मागेका थिए तर उनले सुन्न नचाहेकाे बुझिएकाे छ।

बिदुर अधिकारी संयुक्त नागरिक पार्टिमा आवद्ध छन् भने Media Advocacy Forum Nepal का अध्यक्ष हुन् । यस्तै उनी Adhikpost का सम्पादक समेत रहेका छन्। पत्रकारिता आचारसंहिता हेर्ने हाे भने उनी एउटा अनलाईन मिडियामा सम्पादक रहेका ब्यक्ति कुनै पनि राजनितीक दलकाे सदस्यता लिन मिल्दैन तर, अधिकारी संयुक्त नागरिक पार्टिकाे जिम्मेवार पदमा उपमहासचिव आसिन छन्।

बिषय बस्तु कसरी सुरु भयाे?
लगभग १ बर्ष अघि दलमर्दन कामी अध्यक्ष रहेर एउटा राजनितिक दल गठन गरे, दर्ता गर्ने प्रकृयामा थिए, प्रकृयाकै क्रममा अर्काे दर्ता भएकाे तर चलायमान नरहेकाे सामाजिक एकता पार्टि जसकाे अध्यक्ष चरिबहादुर गहतराज थिए भने महासचिब प्रेम कार्की थिए।

साे सामाजिक एकता पार्टी गहतराजबाट राजिनामा गराउँदै महासचिव कार्कीले उहीँ दलमर्दनकाे पार्टी सग मिलाए र पार्टिकाे नाम ” सामाजिक एकता पार्टी” बनाएका रहेछन्।

उक्त सामाजिक एकता नामको पार्टीलाई सङ्युक्त नागरिक नाम राखेर वा संसोधन गरेर प्रमाण पत्र प्राप्त गर्ने क्रममा थियाे, एक दशकदेखि क्रिस्चियन समुदायबाट राजनिति गरिरहेकाे अर्काे ” आमूल परिवर्तन रिपब्लिक पार्टी ” समेत जाेडिए र मिलेर अघि बढ्ने सर्तमा ६ महिनादेखि साथमै थिए।

जब अघिल्लाे महिना दलमर्दन,बिदुर र प्रेम कार्की सहितकाे टिमले ” सामाजिक एकता नामको पार्टीलाई संयुक्त नागरिक नाम राखेर वा संसोधन गरेर प्रमाण पत्र प्राप्त गर्दाकै बिषयबाट भित्र बिबाद निस्कियाे।

अध्यक्ष दलमर्दनले पार्टीको बैठकमा नै दुइलाख पैसठ्ठि हजार घुस खुवायर पार्टी दर्ता गरेकाे बताएपछि गिरि पक्षले यस बिषयमा फरक मत राखेकाे बुझिन्छ ।

जब सम्म आफ्नाे पार्टि थिएन तब सम्म भरत गिरिकाे आमुल परिवर्तन रिपव्लिक पार्टिबाट दलमर्दन अध्यक्ष थिए भने जब प्रेम कार्की,बिदुर अधिकारी लगाएतकाहरुले ” नागरिक एकता पार्टी ” दर्ता सकेर आए तब यी र यस्तै बिषयहरुमा पेल्न थालेपछि गिरि माैन थिए।

तर, हिजाे २९ गत्ते पार्टिकाे मिटिङ राखेर दाेश्राे अध्यक्ष भरत गिरी तथा अर्का उपाध्यक्षलाई खबरै नगरि बैठक बसेर हामी छुट्याैँ भन्ने भाष्य फेरेका थिए।

यहि बिषयलाइ लिएर बिदुरले लेखेकाे फेसबुक स्टाटसमा पत्रकार श्रेष्ठले यसै देसमा अपहेलित क्रिस्चियन समुदायलाई राजनितिक दलहरु आफू नमिले पनि समुदायकाे बदनाम हुने काम नगरुम भन्ने भाव प्रकट गरेका थिए।

अब के हुन्छ त ?
उक्त फेसबुक स्टाटसकै बिषय लिएर पत्रकार श्रेष्ठ भने बिदुरलाइ नेपालकाे संविधान धारा १७ र १८ तथा फाैजदारी संहिताकाे धारा ३०५ र ३०६ लाई मुख्य आधार बनाई कानुनि बाटाे खाेज्ने बताउछ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *