नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सुप्रिया सहकारीद्वारा श्रमजीवी महिलालाई लक्षित तालिम सम्पन्न
सुप्रिया सहकारीद्वारा श्रमजीवी महिलालाई लक्षित तालिम सम्पन्न
दोलखा, २०८२ बैशाख ९

सुप्रिया कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको आयोजनामा आज श्रमजीवी महिलाहरुलाई लक्षित एकदिने विशेष तालिम सम्पन्न गरिएको छ। महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको तालिममा सहभागीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रमको अध्यक्षता लक्ष्मी थामीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गोमा थामी, विशेष अतिथि गंगबहादुर थामी र अतिथि विष्णुमाया खाती रहनुभएको थियो।
तालिमकी प्रशिक्षक पार्वती खड्काले श्रमजीवी महिलाको दैनिक जीवनसँग सम्बन्धित सीप र ज्ञान प्रदान गर्नुभयो।
तालिममा सहभागी महिलाहरूको नामावली:
- सुनमाया मझुवा थामी
- सम्झना थामी
- बिनिता थामी
- रमिला थामी
- कोमल थामी
- शिला थामी
- प्रविणा थामी
- प्रविना मझुवा
- सृष्टि थामी
- योगिता थामी
- रजिना थामी
- आशिका थामी
- गंगा थामी
- मञ्जु थामी
- कल्पना थामी
- सन्तु थामी
- बन्दना थामी
- मिञु थामी
- सरु थामी
- बिनिता थामी
कार्यक्रम समापनमा सहभागीहरूले यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै आयोजक संस्था तथा प्रशिक्षकप्रति आभार प्रकट गरेका थिए।
सूचना स्रोत: पार्वती खड्का
सम्पर्क: सुप्रिया कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, दोलखा





