मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
प्रचण्डको दाबी: कांग्रेस वा एमालेलाई फकाएर सत्तामा जाने पक्षमा छैनौं
प्रचण्डको दाबी: कांग्रेस वा एमालेलाई फकाएर सत्तामा जाने पक्षमा छैनौं
थाङमिचागु डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गरेर सत्तामा जाने पक्षमा नरहेको बताएका छन्। मंगलबार कैलालीको टीकापुरमा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनअघि सरकारमा सहभागी नहुने दाबी गरेका हुन्।
‘कांग्रेस-एमालेसँगको सहकार्यले माओवादीलाई नोक्सान’
प्रचण्डले विगतमा कांग्रेस वा एमालेसँग सहकार्य गर्दा माओवादी कमजोर भएको दाबी गर्दै भने, ‘हामीलाई कहिले कांग्रेसको, कहिले एमालेको रोग सर्यो। अब हामी कांग्रेस वा एमालेलाई फकाएर सत्तामा जाने पक्षमा छैनौं। जनताको विश्वास जितेर माओवादीलाई देशको एक नम्बर पार्टी बनाउने लक्ष्य लिएका छौं।’
उनले २०८४ सालसम्म अहिलेको सरकारको निरन्तरता आवश्यक नभएको पनि बताए। साथै, कांग्रेस र एमालेले संविधान उल्ट्याउन खोजेको आरोप लगाउँदै उत्पीडित वर्गको थप अधिकारका लागि माओवादी आन्दोलनलाई बलियो बनाउनुपर्ने बताएका छन्।
रेशम चौधरीलाई आफूले नै रिहा गराएको दाबी
टीकापुर घटनाका मुख्य दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई आफूले नै कारागारबाट रिहा गराएको उनले दाबी गरे। ‘मैले मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिलाई भनेर उहाँलाई छुटाएको थिएँ। अहिले रेशम कता छन्, थाहा छैन। तर उहाँ माओवादीमा आए भलो हुन्छ,’ उनले भने।
प्रचण्डले टीकापुर घटना थारु पहिचानको आन्दोलन भएको बताउँदै त्यसको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै, जनयुद्धमा थारु समुदायले ठूलो त्याग गरेको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न माओवादी निरन्तर लड्ने बताए।





