थापाथलीमा मेलम्चीको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणकै गल्ती देखियो

0Shares

थापाथलीमा मेलम्चीको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणकै गल्ती देखियो

थाङमिचागु डटकम संवाददाता

काठमाडौंको थापाथली क्षेत्रमा मंगलबार बिहान मेलम्ची खानेपानी वितरण पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणको लापरबाही देखिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार विद्युत् लाइन भूमिगत गर्न सडक खनेर पाइप बिछ्याउने क्रममा सावधानी नअपनाउँदा मेलम्चीको पाइपमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ।

निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार प्राधिकरणले मेलम्ची पाइपलाइनभन्दा कम्तीमा एक मिटर टाढा राख्नुपर्ने समझदारी उल्लंघन गर्दै सोही पाइपमाथि विद्युत् पाइप राखेको पाइएको छ। यसै कारण पाइपमा चोट लाग्दा उच्च पानी चापका कारण फुटेको हो।

गत ३० माघमा पनि बबरमहलमा यस्तै घटना भएको थियो, जसमा मेलम्ची आयोजनाको ३० लाख लिटर पानी खेर गएको थियो। बबरमहल, तीनकुने, माइतीघर क्षेत्रमा यसअघि पनि विद्युत् प्राधिकरणकै कारण पाइप क्षति पुगेको थियो।

यस घटनापछि मेलम्ची खानेपानी आपूर्तिमा समस्या आउन सक्ने देखिएको छ, भने सम्बन्धित निकायले यसबारे आवश्यक कदम चाल्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *