गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

0Shares

गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता

कुर्दिस्तान, अर्बिल – फेब्रुअरी २१, २०२५

गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजको चौथो प्रस्तुति अन्तर्गत मञ्जुश्री २८६१ सा: पुख्रि डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछार तथा ग्याल्पो ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम अर्बिलको नवरोज हलमा सफलतापूर्वक सम्पन्न भएको छ।

विशिष्ट अतिथिहरूको उपस्थिति

कार्यक्रमको अध्यक्षता गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष मेघराज तामाङले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली एकता समाज कुर्दिस्तानका अध्यक्ष सलाम सिंह तामाङ रहनुभएको थियो। साथै, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, स्थानीय कलाकारहरू, पत्रकार बन्धुहरू तथा विभिन्न व्यवसायी संस्थाका प्रतिनिधिहरू कार्यक्रमलाई गरिमामय बनाउन उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमका मुख्य आकर्षणहरू

नेपालबाट आमन्त्रित चर्चित तथा लोकप्रिय तामाङ सेलो गायिका जितु लोप्चनले आफ्नो दमदार प्रस्तुति दिई दर्शकहरूलाई मोहित पार्नुभयो। साथै, स्थानीय कलाकारहरूले पनि उत्कृष्ट सांगीतिक प्रस्तुतिहरू प्रदान गरे, जसले कार्यक्रममा थप रौनक थप्यो।

कुर्दिस्तानमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली समुदायका दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैले संयुक्त रूपमा ल्होछार पर्वको उल्लासमय माहोलमा रमाइलो गर्दै नेपाली धर्म, संस्कृति तथा परम्परालाई जोगाउने प्रतिबद्धता व्यक्त गरे।

सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो भव्य कार्यक्रम नेपाली समुदायको एकतासहित सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *