मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
कालिञ्चोक गापा-१ मा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालिञ्चोक गापा-१ मा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
थाङ्मीचागु डटकम सम्बादाता ९ फागुन शुक्रबार २०८१
दोलखा, कालिञ्चोक – नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोगमा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा संचालित CARE परियोजना अन्तर्गत कालिञ्चोक गाउँपालिका वडा नं. १ मा शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बालोदय माध्यमिक विद्यालय र दिव्यशोरी माध्यमिक विद्यालयका कक्षा ८ र १० का विद्यार्थी तथा शिक्षकहरूसँग आयोजना गरिएको उक्त कार्यक्रम नामसालिङ सामुदायिक विकास केन्द्र, दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता कालिञ्चोक गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पदम बहादुर थाङ्मीले गर्नुभएको थियो भने प्रमुख अतिथि राजन क्षेत्री रहनुभएको थियो।
कार्यक्रममा CARE परियोजनाका उद्देश्य, शैक्षिक सुधारका रणनीति, शिक्षक-विद्यार्थी-अभिभावकको भूमिकाबारे छलफल गरिएको थियो। उपस्थित विद्यार्थीहरूले अध्ययनका क्रममा भोग्नुपरेका समस्या प्रस्तुत गरेका थिए भने शिक्षकहरूले शिक्षण सिकाइ प्रविधि र गुणस्तर सुधारबारे आफ्ना सुझावहरू राखेका थिए।
यस अवसरमा शिक्षक, विद्यार्थी, र अभिभावकहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै शैक्षिक नतिजालाई उत्कृष्ट बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
थाङ्मीचागु डटकम मिडियाका लागि – कृषि प्राविधिक अस्मिता बस्नेत।





