नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
शिक्षिका उषा तामाङ लामामाथि खुकुरी प्रहारको प्रयास, दोषीलाई कानुनी कारबाहीको माग
शिक्षिका उषा तामाङ लामामाथि खुकुरी प्रहारको प्रयास, दोषीलाई कानुनी कारबाहीको माग
थाङमिचागु डटकम संवाददाता

दोलखा – दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि खुकुरी देखाएर आक्रमण भएको छ। भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारीले बाटोमा कुरेर बसेर हातपात गर्दै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेका हुन्।
आज बिहान विद्यालयबाट निस्कने क्रममा अधिकारीले तामाङलाई लडाएर आक्रमण गरेका थिए। स्थानीय बासिन्दाले प्रतिकार गर्दै शिक्षिका तामाङलाई बचाएका छन्।
घटनाको पछाडि जग्गा सम्बन्धी विवाद रहेको खुलेको छ। तामाङको परिवारले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन दबाब दिने क्रममा अधिकारीले हातपात र खुकुरी प्रहार गर्ने प्रयास गरेको बताइएको छ।
शिक्षिका तामाङले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइसकेको बताएकी छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ।





