देवी मन्दिर निर्माण कार्य अन्तिम चरणमा, माघ २९ देखि छत ढलान प्रक्रिया सुरु ।।।

0Shares

देवी मन्दिर निर्माण कार्य अन्तिम चरणमा, माघ २९ देखि छत ढलान प्रक्रिया सुरु ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,माघ २८ । सिराहा जिल्ला, धनगढीमाई नगरपालिका-१३, परेवाभिर स्थित देवी मन्दिरको निर्माण कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । स्थानीय समुदायको आस्थाका केन्द्र बन्ने उद्देश्यले निर्माण सुरु गरिएको यो मन्दिर अब छत ढलानको महत्त्वपूर्ण कार्यमा प्रवेश गर्न लागेको हो ।

निर्माण कार्यलाई चाँडो सम्पन्न गर्नका लागि माघ २९ गतेदेखि छत ढलानको प्रक्रिया सुरु गरिएको हो । मन्दिरको छत ढलान कार्य पूरा भएपछि पूजा स्थलको संरचना पूर्ण रूपले तयार हुनेछ र भक्तजनहरूको सेवा सञ्चालन गर्न सकिनेछ ।

मन्दिरको निर्माणले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछ र यसले स्थानिय पर्यटनलाई समेत प्रवर्द्धन गर्ने सम्भावना छ ।

मन्दिर निर्माण कार्य पुरा भएपछि, यहाँ धार्मिक अनुष्ठान, पूजाअर्चना र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने योजना छ । यसले क्षेत्रको सामाजिक र सांस्कृतिक जीवनलाई समृद्ध तुल्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *