पत्रकार शाहलाई प्रधानाध्यापकद्वारा दुर्ब्यबहार, महासंघले गरे कारवाहीको माग ।।।

0Shares

विनोद मण्डल,माघ २६ । नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य तथा लहान टुडेका पत्रकार शितल शाह माथी बस्तीपुर माविका प्रधानाध्यापकद्वारा गरिएको दुर्ब्यबहार प्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाको गभिर ध्यानाकर्षण भएको छ ।

लहान नगरपालिकाको वडा नंवर १४ मा रहेको जिल्लाकै पुरानो बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धि रिपोर्टिङ गर्न पुगेका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार शितल शाहलाई उक्त विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवले विद्यालयको गेट बाहिर धकेलेर निकाली गेटमा ताल्चा लगाउन लगाएका थिए ।

घटनाको वास्तविकता बुझ्न बिद्यालयमा पुगेका पत्रकारलाई त्यहाँ स्थित शिक्षकहरुले पत्रकार शाहलाई प्रधानाध्यापकले धकेलेर गेट बाहिर निकालेको बताएका थिए ।

यता पत्रकार शाहले उक्त विद्यालयमा विद्यार्थीहरुलाई चार दिन पुरानो बासी बुनिया खुवाएको गुनासो आएपछि उक्त विषयमा रिपोर्टिङ गर्न खोज्दा आफूलाई प्रधानाध्यापक यादवले दुर्ववहार गरेको बताएका छन् ।

पत्रकारसंगको कुराकानीमा प्रधानाध्यापक आत्तिँदै ” आफू मुद्दा जितेर भर्खर आएको र कतिपय शिक्षकको निकाशा नभएकोले प्रतिशोधको भावनाले आफूमाथि पत्रकार परिचालित गराएको बताएका थिए ।

स्वतंत्र रूपले समाचार संकलन गर्न पाउनुपर्ने अवस्थामा बौद्धिक क्षमताका धनी मानिने शिक्षकले नै गैरकानुनी रुपले पत्रकारको अधिकारलाई हनन हुने गरी दुर्ब्यबहार गरेपछि नेपाल पत्रकार महासंघ सिराहा शाखाले दोषीलाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धि निकाससंग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *